राप्रपाले सरकारलाई विश्वासको मत दिदैन: लिङ्देन

रिपोर्ट नेपाल | 2024 Mar 13 | 02:37 pm 657

काठमाडौँ ३० फागुन / प्रतिनिधिसभामा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वास मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सहभागी नहुने बताएका छन् । स्वार्थहरूको गठजोडबाट बनेको सत्तारुढ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने बताएका छन् ।

अध्यक्ष लिङ्देनले सत्ता केन्द्रित नयाँ सत्ता समीकरण भएकाले यसले आफूलाई देश र जनताको पक्षमा नभई आफ्नो सुरक्षा कवजको रुपमा प्रयोग गर्ने बताए । लिङ्देनले सत्तारुढ गठबन्धनले प्रस्तुत गरेको ७ बुँदे सम्झौता देश र जनताको हितमा नरहेको बताए । ‘जतिसुकै सिद्धान्त र दर्शनको लेप लगाएपनि अहिले भएको सत्ता हेरफेर भनेको स्वार्थको गठजोड हो ।

 

लिङ्देनले यो सत्तालाई आफ्नो सुरक्षा कवजको रुपमा प्रयोग गर्ने उद्देश्यद्वारा यो गठबन्धन निर्माण भएको हो भनेका छन् । यसमा केही धेरै भनिराख्नु पर्दैन । त्यो परिमार्जित ७ बुँदा होस वा ८ बुँदा होस् । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भमा पनि भनि सकेको छ– यो सत्ता केन्द्रित चलखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन । यो सत्ता केन्द्रित र मैले अगाडि भनेका विषयहरुमा केन्द्रित गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिँदैन उनले भने ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.