राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

| 2024 Jun 10 | 04:00 pm 2685

काठमाडौँ २८ जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । दलका नेता पञ्चराम गुरुङले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आफ्नो पार्टीले समर्थन गर्ने घोषणा गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रयोजनसहित जारी प्रदेशसभा बैठकमा भाग लिँदै राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले विश्वासको मत दिने जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदैछन् । उनलाई उनको दल नेपाली कांग्रेसका २७ सहित राप्रपाका दुई गरी २९ सांसदले मत दिने पक्का भएको छ ।

मुख्यमन्त्री पाण्डेलाई सरकार टिकाउनका लागि कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ । अहिलेसम्म उनले विश्वासको मत पाउँछन् कि पाउँदैनन् भन्नेबारे अन्योल नै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.