रातकाे १२ बजे विप्लव समुहकी नेतृ कल्पना सुवेदी पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 24 | 03:47 pm 3458

बुटवल,  वैशाख ११ : विप्लव नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । उनलाई गएराति करिव १२ बजे देवदहबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।

थापाका अनुसार उनलाई देवदहस्थित उनको घरबाटै पक्राउ गरिएको हो । विप्लव समूहलाई प्रतिबन्ध लगाएयता रुपन्देही प्रहरीले सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ।

ती मध्ये सैनामैनाका जनसरकार प्रमुख बताईएका रेशमबहादुर खाँड, युवा संगठनका नेता सावद भनिने शेरबहादुर राना र शिक्षक संगठनका नेता रामजी आचर्य सहित ३ जनाले आत्मासमपर्ण गरि रिहा भएका छन र सो पार्टी त्यागेका छन । बाँकी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको एसपी थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.