काठमाडौँ ३ जेठ / नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कुनै व्यक्ति वा राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै डा. कोईरालाले कुनैपनि राजनीतिक दलले नेपाली कांग्रेसलाई धम्क्याउन नसक्ने बताए । उनले राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै अहिले कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने पनि बताए ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार संसदीय दल बैठकबाट दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै धम्कीबाट कांग्रेस नडराउने कोइरालाले बताए।
‘सहकारीबारे कांग्रेसले सदनमा कुरा राखेको हो। यसबारे कुनै राजनीतिक दलबाट कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ। राजाको धम्कीसँग कांग्रेस डराएन, कुनै दलको धम्कीसँग हामी डराउँदैनौं, कोइरालाले भने।
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।