राणा, पञ्चायत र राजालाई कांग्रेसले नै हटायो अब कम्युनिस्टलाई पनि हटाउँछ : देउवा

| 2019 Jan 26 | 07:05 pm 1542

सिन्धुली, माघ १२ : शेरबहादुर देउवाले नेपाली कांग्रेसले कम्युनिस्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन्। शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ ग्वालटारमा योद्वा बाबुराम बरालको सालिक अनावरण गर्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन्।

कार्यक्रममा सभापति देउवाले राणा, पञ्चायत र राजा सबैलाई कांग्रेसले नै हटाएको र अब कम्युनिस्टलाई पनि सरकारबाट हटाउने दाबी गरे। उनले भने, ‘ राणा, पंचायत र राजालाई सत्ताबाट हटाएको नेपाली कांग्रेसले नै हो अब कम्युनिष्ट सरकारलाई हटाउने पालो आएको छ र हामी त्यो छिट्टै पूरा गर्नेछौँ।’

शुक्रबार प्रतिपक्षीलाई पेलेरै संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गरेर वर्तमान कम्युनिष्ट सरकारले अधिनायकवाद लाद्न थालेको देउवाको आरोप छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.