राजमार्गका होटलको बेथिती कसले अनुगमन गर्ने ?

| 2022 Sep 11 | 06:23 pm 1677

काठमाडौं, भदौ २६ः पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चल्ने निजी सवारी साधन र सार्वजनिक सवारी साधनका यात्रुले खाने खानामा आकास जमिनको फरक छ । निजी सवारी साधनका यात्रुले खाने खान गुणस्तर र स्वादिलो हुन्छ भने सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुले जबरजस्त गुणस्तरहिन खाना खान बाध्य हुनुपर्छ ।

लामो दुरीमा संचालन हुने सार्वजनिक सवारी साधनका चालकको मिलेमतोमा कुनै होटल व्यवसाय नभएको एकान्त ठाउँमा आफूले यात्रु ल्याइदिने र भत्ता बुझ्ने सर्तमा भान्छा घर खोलाइन्छ ।

अन्य कुनै विकल्प नभएपछि यात्रु बाध्य भएर महंगो पैसामा स्तरहीन खाना खान बाध्य हुन्छन् । चालक र होटल संचालकको मिलेमतोमा खोलिने यस्ता होटलबाट चालक लगायत चार जनालाई ज्वाईलाई जस्तै स्वादिलो खाना खुवाउने र यात्रुबाट शोषण गरिएको रकमबाट प्रति ट्रिप दुई देखि तीन हजार भत्ता लिने गरेको देखिन्छ ।

No description available.

दशैंको समयमा यात्रुको चापाचाप हुँदा त दशैं पेश्की समेत चालकले पाउने गरेका छन् । उदाहरणका लागि बागलुङ, म्याग्दीबाट छुटेका रात्री बस १० देखि ११ बजे पोखरा पुग्छन् । खाना खानको लागि त्यो समय पनि ढिला हो तर बसका चालकले त्यहाँ खाना खुवाउँदा खाफ्नो भत्ता गुम्ने भएका कारण १२ देखि १ बजेसम्म आफ्नो स्टेशनमा पुर्याएर खाना खुवाउने गरेका छन् ।

यो पंतिकार बागलुङबाट चढेको रात्री बस राती साढे १२ बजे तनहुँको छबिसे भन्ने ठाउँमा आएर खाना खानका लागि रोकियो । होटल संगम गुड फ्राइडे एण्ड लज लेखिएको छप्पडमा शौचालयको गन्धले बसिटिक्नु थिएन ।

खानाको मुल्य काठमाडौंका महंगो भाडा तिरेका होटल भन्दा डेढी महंगो रहेको उक्त होटलमा पिए पदार्थ पनि महंगो । होटलमा भन्दा महंगो भएको यात्रु गुनासो गर्दै थिए ।

सुनौली देखि काठमाडौं जाने चारवटा समितिका गाडी देखि साझा यातायातको बस सहित झण्डै दुई सय यात्रु खाना खाने कुपन लिन लाइनमा थिए ।

जंगलको बिचमा रहेको होटल संगम बाहेक अन्यत्र गएर खान पाइने अवस्था नभएकोले यात्रुहरु लाइन लाएर पैसा बुझाएर टोकन लिएर खाना खान बाध्य थिए । खानाको गुणस्तर अत्यन्तै न्यून संख्या ठूलो भएका कारण थप खाना नपाएर यात्रुहरु आधा पेट खाएर उठेको देखिएको थियो ।

सरसफाईमा शुन्य रहेको र शौचालयको गन्ध फैलिएको उक्त होटलमा अनुगमन गर्न स्थानीय प्रशासन किन जादैन त्यो सोचनीय विषय भएको छ ।

स्थानीय सरकार र स्थानीय प्रशासनले कम्तीमा पाँच भन्दा कम होटल भएका ठाउँ बाहेक एकान्तमा खोलिने होटलमा रात्री सेवा रोक्न नपाइने नियम बनाइदिने हो भने यात्रुहरुले गुणस्तरीय खाना खान पाउने कुरालाई ध्यान दिनु जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.