राजपा सरकारमा जाने विषयमा छलफल

रिपोर्ट नेपाल | 2018 Jun 11 | 06:59 pm 3262

काठमाडौँ, २८ जेठ : राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताएका छन् ।

आज आयोजित साक्षात्कारमा उनले संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिए पनि राजपाका सभासद् रेशम चौधरीलाई शपथ गराउने र कारागारबाट छुटाउने विषयमा कुनै प्रगति नभएकाले सरकारमा जाने निर्णय हुन बाँकी रहेको बताएका छन्

नेता झाले नेपालको संविधान जारी भएको तीन वर्षमा संघीयतालाई कार्यान्वयन गर्न धेरै संघीय कानून बनाउन बाँकी रहेको बताउँदै आगामी असोज ३ भित्र कानून जसरी पनि बनाउनुपर्ने बताए । अर्को प्रसङ्गमा उहाँले प्रदेश नं २ मा राजपा र सङ्घीय समाजवादी फोरम नेपालको सरकार रहिरहने तथा त्यहाँको सरकारलाई राजपाको पूर्ण समर्थन रहने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.