काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलार्इ असान्दर्भिक माग राखेर आन्दोलनको कुरा नगर्न आग्रह गरेका छन्।
बिहीबार साँझ राजपाका नेताहरुसँग बालुवटारमामा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले हिजोका मागहरु आज असान्दर्भिक भएको उल्लेख गर्दै नयाँ तरिकाले अघि बढ्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्दै राजपाले पहिला उठाएका कतिपय माग असान्दर्भिक भइसकेको जवाफ दिएका थिए। ओलीले भने, ‘हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन् । त्यसमा तपाईंहरुले पनि पुन विचार गर्नुहेस्’ प्रधानमन्त्री ओलीको भनाई प्रधामन्त्रीको सचिवायले जनायो ।
भेटमा राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले राजपाले उठाउँदै आएका माग समेटेर ज्ञापनपत्र बुझाएका थिए । संविधान संसोधनका बारेमा नेताहरुले राखेका जिज्ञासमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने आश्वसन दिए । ‘संविधानमा देखिएका त्रुटीहरुमा छलफल गरौँ तर यसैमा अल्झिएर नबसौं । देश विकासमा लागौँ’ ओलीको भनाई छ ।
तराइको बाढी,दुईबर्ष अघिको आन्दोलनका घाइतेको अवस्था र मुद्धा ,तराइको विकास, मधेस र थारु आन्दोलनको छानविनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान सशोधनका बिषयमा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए ।
नेताहरु मह्न्थ ठाकुर,राजेन्द्र महतो,शरदसिंह भण्डारी,महेन्द्र राय यादव, राजकिशोर यादब र केशव झा छलफलमा सहभागि थिए । ओली नेतृत्वको सरकारलाई राजपाको समर्थन छ ।
केही समय अगाडि मात्र अर्को मधेशी दल संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी भएको थियो ।