राजनीति शासकका लागि मात्र होइन : पोप फ्रान्सिस

रिपोर्ट नेपाल | 2019 Jan 02 | 09:55 am 1792

 

भेटिकन सिटी, पुस १८ : राजनीति जसले शासन गर्छ उसका लागि मात्र नभएको प्रमुख क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले मंगलबार बताएका छन्।

राजनीति सबैको सम्लग्नताका लागि भएको उनको तर्क थियो । “हामीले राजनीति शासकहरूका लागि रिजर्भ हो भन्ने सोच्नु हुँदैन,” उनले भने।

“ जसरी ‘शहर’लाई ठीक अवस्थामा राख्न हामी सबै जिम्मेवार रहनुपर्छ र राजनीतिमा पनि केही हदसम्म त्यही ठीक हो र हामी सबैले शान्तिका लागि काम गर्नुपर्छ ।”

पोपले ५२ औँ विश्व शान्ति दिवसका अवसरमा सेन्ट पिटर्स स्क्वाएरमा गरेको सम्बोधनमा नागरिकले राजनीति शासकको हो उनीहरूले नै समाज विकास र शान्तिका लागि काम गर्नुपर्ने बताए।

शासकले गर्ने राजनीतिको हिस्सा जनताले लिने र सही निर्णयका लागि अग्रसर हुनुपर्ने उहाँले आग्रह गर्नुभयो । पोप पाउल छैठौँले जनवरी १ लाई विश्व शान्ति दिवसका रूपमा घोषणा गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.