राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन: बाबुराम भट्टराई

| 2024 May 12 | 01:45 pm 953

काठमाडौँ ३० बैशाख / पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आइतबार आयोजित ‘नेपालको अर्थतन्त्रमा वर्तमान परिदृष्य र अबको यात्रा’ विषयक अन्तरसंवादमा अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता र त्यसका लागि राजनीतिक संरचनामा परिवर्तन आवश्यक रहेकामा जोड दिए । अर्थतन्त्रको अवस्था सुधार गर्न गम्भीर हुनु पर्छ र त्यसका लागि राजनीतिक क्षेत्रमा गम्भीर हस्तक्षेप नगरी हुँदैन भट्टराईले भने। अहिलेको अस्थिर राजनीतिक प्रणाली रहेसम्म राजनीतिक स्थिरता र सही राजनीतिक नेतृत्वको विकास हुँदैन । देश विकासका लागि राजनीतिक संरचना बदल्न आवश्यक रहेको बताए ।’

छ,छ महिनामा सरकार फेरिने र विकासको कुनै प्राथमिकता नहुने हुँदा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पूर्णसमानुपातिक संसद् बनाउने गरी राजनीति प्रणाली फेर्नुपर्ने पूर्वप्रधानमन्त्री भट्टराईको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.