- वसन्त भुजेल
लेडी डायना बेलायतकी राजकुमारी मात्र नभई विश्वकै राजकुमारी थिइन् । मानवको स्वरुपकी देवी थिइन् उनी । आमा थिइन, सुन्दरताकी प्रतिक थिइन् । डायनाको रहस्यमयी तरिकाले सन् १९९७ अगस्ट ३१ मा सडक दुर्घटनामा मृत्यु भएको थियो । यो समयमा उनी केवल ३६ वर्षकी थिइन् । पेरिसमा जब डायना आफ्नो कारबाट गइरहेकी थिइन् । त्यो बेला पापाराजी फोटो खिच्नका लागि उनको पछि लागेका थिए । त्यसपछि उनले गाडी तिब्र चलाइन् र सन्तुलन बिग्रिएपछि कार पल्टियो । अनि डायनाको मृत्यु भयो । डायनाले प्रिन्स चाल्र्ससँग विवाह गरेकी थिइन् । चाल्र्ससँग उनको सम्बन्ध लामो समय टिक्न सकेन । सन् १९९६ मा दुवैले सम्बन्धविच्छेद गरेका थिए । राम्रो फूल जोगाउन निकै मुस्किल पर्छ । कतिबेला कसले चुँडाएर लैजान्छ, थाहा नै हुँदैन । साच्चिकै सुन्दर र लजालु स्वभावकी डायनाका आँखाले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँथे । उनले हेर्दा देवीले हेरेको जस्तो लाग्थ्यो । लोकप्रियता विश्वभर फैलने क्रममा उनी माथि धेरैका आँखा लाग्नु स्वभाविकै थियो । उनलाई दुष्ट आँखाहरुले नराम्ररी पिछा गर्न थाले । बेलायतको मिडियाले उनलाई २४ सै घण्टा क्यामराको लेन्स अगाडि राख्न थाल्यो । कोहीनुर हिरा भन्दा पनि डायनालाई मिडियाले निगरानीमा राख्न थाले । उनको तस्वीर निकै चर्को मुल्यमा विक्ने भएकोले पापराजी फोटोे खिचेर विक्रि गर्ने व्यवसायीहरुले डायनालाई यति पिछा गरेकी उनको निजी जिन्दगीनै रहेन । जहाँ जाँदा पनि, जे गर्दा पनि पापराजीहरुले पिछा गरिरहे ।
उनी उठेको, सुतेको खाएको, ट्वाइलेट जान लागेको, वाथरुम जान लागेको, लगायत हरेक हाउभाउका तस्वीरलाई पापराजीहरुले आफ्नो व्यवसायका लागि वजारमा ल्याउन थाले । जसका कारण राजकुमार चाल्र्स सँग डिर्भोस (पारापाचुके) गर्न डायनालाई वाध्य गराइदियो । डायनासँग डिर्भोस गरी आफ्नै टोलकी मेजरकी श्रीमतीसँग बिवाह गरी दरबार लैजानु पर्ने अवस्थामा युवराज चाल्र्स पुगे ।
बेलायती राज परम्परा अनुसार अब चाल्र्स राजा नहुने पक्का पक्की नै भयो । अब हुने राजा महारानीका जेठा नाती अर्थात चाल्र्स र डायनाका जेठा छोरा विलियम हुन् । डायनालाई हटाउन दरबारमा निकै खतरनाक षड्यन्त्रका तानाबाना बुनियो । पाकिस्तानी मुलका खर्बपति डाडीसँग डायनाको दोस्रो बिवाह हुन लागेको समाचार मिडियामा प्रवाह हुन थाल्यो । डाडीसँगको नाम जोडिना साथ डायनाको ठूलो बेइज्जत हुने भयो । एक त पाकिस्तानी मुसलमान, दोस्रो कुरा कुनै बेलाका आफ्नै नोकरका छोरासँग डायनाको दोस्रो बिवाह हुन लागेको समाचारपछि पापराजीहरुले डायनालाई अरु पिछा गर्न थाले । आखिर लण्डनबाट फ्रान्स जाने सुरुङमार्गमा कार दुर्घटना गराई डायनाको हत्या भयो । यो हत्यालाई सडक दुर्घटनाका रुपमा मिडियाहरुले प्रचार गरे ।
डायनाको शव यात्राका क्रममा नागरिकहरुले यति फुल वर्षाएकी बेलायत तथा युरोपको फूलले मात्रै नपुगेर विश्वभरीबाटै फूलको आयात गरियो । सारा संसार शोकमा डुव्यो । हरेक बेलायती नागरिक रोए । उनका तस्वीर तथा विवरण छापिएका म्यागेजिन यति धेरै विक्रि भएकी, जसको रोयल्टीले धेरै च्यारिटी (सामाजिक काम)हरु चलिरहेका छन् । त्यही रोयल्टीले उनका छोराहरुले पनि च्यारिटी संचालन गरिरहेको छन् ।
चाल्र्स र डायनाका कान्छा छोरा ह्यारी पनि आमा जस्तै लजालु स्वभावका छन् । राजकुमारी डायनाको सन् १९९७ मा मृत्यु भएपछि शवयात्रामा रहेका बाह्र वर्षे ह्यारीको मुहार संसारभरका मानिसहरु विर्सन सक्दैनन् । उनी आफ्नी आमाको शव बोकेको सवारीको पछाडि पछाडि आफ्ना दाजु, बाबु, हजुर बुवा र काकासँगै हिँडेर वेष्टमिन्स्टर एयाबे पुगेका थिए ।
अप्रिल २०११ मा दाजु विलियमको विहे हुँदा उनी इशाइ परम्परा अनुसार बेष्ट म्यान थिए र दाजुको विहेमा आफ्नी आमा नहुँदा धेरै दुःख लागेको बताएका थिए । अफगानस्थानमा गोर्खालीहरु सँगै लडाँइमा पनि पेट्रोल गरेका थिए । हेलीको गनमेन समेत गरेर दुश्मनलाई गोली चलाएका थिए । तर राजकुमारले यस्तो जोखिम काम गर्न हुँदैन भनेर ह्यारीलाई लण्डन झिकाइयो । आफ्नो सुरक्षाका लागि मलाई गोर्खाली भए पुग्छ भन्थे ह्यारी ।
१५ सेप्टेम्बर १९८४ मा प्याडिङटनस्थित सेन्ट मेरिज अस्पतालमा जन्मिएका उनको पुरा नाम हेनरी चाल्र्स एलबर्ट डेभिड राखिएको थियो तर उनलाई सबैले ह्यारी भनेर चिन्छन् । सन् १९९८ मा इटन भर्ना भएका उनले कला, भूगोल र इतिहास पढेका थिए । ह्यारी जस्ता हेण्डसम राजकुमार देखेर विश्वकै आँखा लाग्न थाल्यो । यस क्रममा एक जना अश्वेल युवतीसँग ह्यारीको माया प्रेम बस्यो । र अन्त्यमा बिवाह पनि भयो । तर राजकुमारले अश्वेत युवतीसँग बिवाह गरेको दरबारले मन नपराएको होकि, जस्तो देखियो । ह्यारीलाई पनि आमा डायनालाई जस्तै पापराजीहरुले सताउन थाले । उनी दरबार मात्रै होइन देश नै छाडेर संयुक्त राज्य अमेरिका तथा क्यानडामा बस्न बाध्य भएका छन् । अमेरिका तथा क्यानडामा पनि मिडियाले ह्यारीको पिछा छाडेको छैन । उनलाई चयनसँग जिउन दिएको छैन ।
दश वर्षसम्म ब्रिटिश सेनामा काम गर्दा उनलाई क्याप्टेन वेल्स भनेर चिनिन्थ्यो । त्यसबेला उनी दुइपटक अफगानिस्तानमा तैनाथ ब्रिटिश गतिविधिमा संलग्न भए । सैन्य जीवनबाट अवकाश लिने बेला उनले सैन्य अनुभव जीवनभर आफुसँग रहने बताएका थिए । स्वयंसेवी भूमिकामा रहने योजनामा रहेका ह्यारीले हेल्प फर हिरोज र एबीएफ द सोल्र्जर्स च्यारीटीको सार्वजनिक रुपमै समर्थन गरेका थिए । आफ्नी आमा राजकुमारी डायनाको कामलाई पछ्याउँदै उनले अफ्रिकाको यात्रा गरेर एचआइभी र एड्सबाट प्रभावित बालबच्चाका लागि सहयोग गर्न सेन्टिबेल नामको परोपकारी संस्था स्थापना गर्न सहयोग गरेका थिए । सैन्य क्षेत्र छोडेपनि ह्यारीले स्वयंसेवकका रुपमा रक्षा मन्त्रालयको घाइते र विरामी सैनिक र महिलाहरुलाई सहयोग गर्ने रिकभरी केपेबीलीटी प्रोग्राममा स्वयंसेवकका रुपमा काम गर्ने बताएका थिए । सेनामा प्रवेश गर्नु अघि उनले एक वर्ष छुट्टि लिएर अष्ट्रेलियाको भेडी गोठमा काम गरेका थिए भने लेसोथोमा उनले सहयोग गरेका टुहुराहरुसँग समय विताएका थिए ।
को हुन् मर्केल ?
सन् १९८१ अगष्ट ४ मा अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जल्समा जन्मिएकी मर्केलको पूरा नाम रचेल मेघान मर्केल हो । एक्ट्रेस, मोडल र ह्युमेनिटेरियनको रुपमा संसारलाई चिनाएकी मर्केलले सन् २००२ देखि २०१७ सम्म आफ्नो सक्रिय जीवनलाई अगाडि बढाइरहेकी छिन् । आफूलाई बहुप्रतिभाशाली बनाउने क्रममा उनले कलाकार, मोडल र मानवसेवालाई जोड दिँदै आएकी छिन् । बेलायती राजकुमारसँगको प्रेममा परेपछि मिडियाले उनलाई खोज्न थालेको हो । दुवैको कर्मवाद मिल्दोजुल्दो भए पनि बेलायती दरबारमा उनको प्रवेश एउटा ऐतिहासिक कुरा भएको छ ।
अमेरिकाको लस एन्जल्सनिवासी यी कलाकार बाबु थोमस मर्केल र आमा डोरिया रगल्याण्डको कोखबाट जन्मिएकी हुन् । यद्यपि उनको बुबाआमाको वैवाहिक जीवन उनी सानै छँदैमा टुक्रिएको थियो । तर त्यसले मर्केललाई कलाकार बन्न असर गरेन । उनले परिवारबाट सहयोग र सद्भाव पाइरहिन् । उनले लेख्ने कला सिक्दै गइन् भने एउटा रेष्टुरेन्टमा अतिथिसेविका भएर पनि काम गरिरहेकी थिइन्,
मर्केलले सन् २०१६ मा आफ्नो साथीमार्फत प्रिन्स ह्यारीलाई भेटेकी थिइन् । उनीहरुका लागि कुनै साथीले मध्यस्थकर्ता भएर ‘ब्लाइन्ड डेट’ आयोजना गरिएको थियो । गत नोभेम्बरको अन्तिमतिर सार्वजनिक रुपमा प्रिन्स ह्यारीले सम्बन्ध खोल्नुअघि नै उनीहरु गोप्य भेटमा थिए । सम्बन्ध गाँसिएको १ वर्षपछि मात्रै मर्केलले ह्यारीसँगको आफ्नो सम्बन्धबारे खुलाएकी थिइन् । उनले भनेकी थिइन्, ‘हामी दुई एक अर्काप्रति प्रेममा र खुसी छौँ ।’
ह्यारीको गोर्खा प्रेम
२०७२ साल बैशाख १२ र २९ गते जब नेपालमा विनासकारी भुकम्प गयो तब सहयोगका लागि ह्यारी स्वयंम नेपाल आए । नेपालमा पाइला टेक्ना साथ ह्यारीले भनेका थिए–‘जो भूकम्पमा मारिए उनीहरूप्रति म श्रद्धाञ्जली व्यक्त गर्छु । नेपाली जनताको संकल्प र सहनशीलतामा साथ दिन म जे गर्न सक्छु, त्यो गर्नेछु ।’ भूकम्प प्रभावित स्थानहरूको भ्रमण पनि गरेका उनले परोपकारी कामका लागि भन्दै आफ्नो बसाइ लम्ब्याएनन् मात्रै, सानातिनो पुनर्निर्माणमा आफै खटिए पनि । चुपचाप दुर्गम गाउँमा पुगेर आफै श्रम दानमा खटिए । ढुंगा बोके, घरबनाउने जग खने । नेपाल–ब्रिटेनको दैत्य सम्बन्धको दुई सय वर्ष पुगेको बेला भएको उनको नेपाल यात्रामा होस् वा गोर्खा सैनिकप्रति उनले दर्शाएको सद्भावमा झल्कने धेरैले ठानेका छन ्।
महारानी एलिजाबेथपछि ब्रिटिश राजपरिवारका सदस्यहरूले पटकपटक नेपाल भ्रमण गरेका छन् । ह्यारीकी आमा डायना र पिता चाल्स पनि नेपाल आएका थिए । तर पश्चिमा मिडियाहरुले यसको चर्चासम्म गरेनन्, गुपचुप राखियो । यसैगरी आफूलाई गोर्खालीकी छोरी भन्नमा गौरव गर्दै आएकी बेलायती सुन्दरी तथा अभियान्ता जोहना लुम्लेले नेपालीको दुःखमा मलाम पट्टी लगाउन आह्वान गरिन् । जोहनाको आह्वानकै कारण अरबौं रुपैयाँ विदेशबाट सहयोग जम्मा भयो । तर अहिलेसम्म पहिलो किस्ताको रकम समेत आएको छैन । कतिपय गरिवको घरमा छानो लागेको छैन । विश्वभरीबाट यत्रो पैसा जम्मा हुँदा पनि गरिवको घर नबन्नु कति ठूलो दुर्भाग्य ?