राँगोले हानेर मर्निङवाकमा निस्किएका एक वृद्धको मृत्यु, गोली प्रहार गरी मारियो राँगा

| 2019 Feb 23 | 09:37 am 1810

काठमाडौँ, फागुन  ११ :  राँगोले हान्दा काठमाडौंमा एक वृद्धकाे मृत्यु भएको छ । मर्निङवाकमा निस्किएका चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँका ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको हो ।

प्रहरीको अनुसार शनिबार बिहान मर्निङवाक हिडेका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । रोगोँको आक्रमणबाट गम्भीर घाइते भएका महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

आक्रमण गर्ने राँगोलाई प्रहरीले गाेली हनेर मारेकाे छ । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो । राँगो कसको हो भन्ने खुलेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.