रहेनन् वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटा

| 2018 Jun 18 | 07:27 pm 3441

काठमाडौं, असार ४ : वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको निधन भएको छ । वरिष्ठ न्यूरो सर्जन देवकोटाको सोमबार साँझ बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

उनी पित्त थैलीको क्यान्सरबाट पीडित थिए । देवकोटा आफ्नै पहलमा स्थापना भएको बाँसबारीस्थित न्युरो अस्पताल लामो समयदेखि जिन्दगीका कष्टपूर्ण दिन बिताइरहेका थिए । सहकर्मी चिकित्सकहरूले उनलाई यो धर्तीमा रहने अवधि कम रहेको बताइरहँदा उनी त्यसलाई ठाडै चुनौती दिइरहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.