काठमाडाैं, जेठ १५ः बिहीबार बरिष्ठ गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा निधन भएको छ । उनकाे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जानकारी दिएकाे छ ।
अचानक अस्वस्थ भएपछि बुधबार बेलुकी उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ ।
उनका बहु चर्चित गीत ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग-लम्क-चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’ लगायतका गीत अहिलसम्म मानसपटलमा चर्चित छन् ।