रसुवा नाकामा प्रहरीको निगरानी बढाइयाे

| 2023 Nov 21 | 12:17 pm 605

रसुवा मंसिर ५/ विभिन्न गरगहना बनाएर सुन तस्करी भएको आशंकामा प्रहरीले सिमा नाकामा निगरानी बढाएको छ।केरूङ आवत जावतकाे पास पाएका रसुवाका केही व्यक्तिले गरगहना बनाएर तस्करी गरेको सुचनाका आधारमा प्रहरीले निगरानी बढाएको हाे।आवतजावतकाे पास भएकोले कुनै सामान ल्याउन नपाउने नियम हुँदाहुँदै त्यसको बेवास्ता गर्दै स्थानीयले सुन तस्करी गरेको सुचनाका आधारमा प्रहरीले १४ लाख ९१ हजार भन्दा माथिको गरगहना सहित तिनजनालाई पक्राउ गरेको छ।रसुवागडी नाकामा पहिले भन्दा कडाइ गरेपछि बेरूवा आैठी लगाएर तस्करी गर्ने गरेको बुझिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.