रसुवामा ५० प्रतिशत मत खस्यो

| 2022 Nov 20 | 03:02 pm 1517

रसुवा, मंसिर ४ः रसुवामा ५० प्रतिशत मत खसेको छ । २ बजेसम्मको अपडेट अनुसार कूल मतदाताको ५० प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलका अनुसार विहानदेखि नै शान्तिपूर्ण मतदान भएको छ ।

उनले भने, ‘रसुवाको अहिलेसम्मको स्थिति हेर्दा धेरै जसो स्थानमा ५ बजे सम्म मतदान सम्पन्न हुने अपेक्षा छ । मतदाता धेरै भएको स्थानमा भने ६ बजेजम्म पनि लाग्न सक्ने अनुमान गरिएको छ ।’

राजनीतिक दर र मतदाताहरु शान्तिपूर्ण रुपमा मतदान स्थलमा उपस्थित भएका छन् । बिहानदेखि नै उत्साहपूर्ण उपस्थिति रहेका कारण सुरक्षा व्यवस्था मिलाउन समेत सहज भएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.