काठमाडौं, मंसिर ६: रसुवाको प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । उनी १८ हजार २३५ मत ल्याएर पुनः निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार छोवाङतेन्जिङ तामाङले ८ हजार ६ सय १४ मत प्राप्त गरेका थिए। विजयी आचार्यले निकटतम प्रतिद्वन्द्वी तामाङलाई ९ हजार ६२१ मतान्तरले पराजित गरेका हुन् ।