रसिया र साउदी अरेबियाको भिडन्तबाट सुरु हुँदै विश्वकप २०१८

रिपोर्ट नेपाल | 2018 Jun 14 | 06:18 am 3120

रसिया, जेठ ३१: विश्वकपको २१ औ सस्करणको उद्घाटन खेलमा घरेलु टिम रसिया र साउदी अरेबिया बीच प्रतिस्पर्धा हुदैछ ।

मस्को स्थित लुज्निकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार सांझ पौने नौ बजे सुरु हुनेछ । फिफा वरियता अनुसार विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये यी दुइ टिम सवैभन्दा कमजोर रहेका छन । साउदी अरेबिया ६७ र रुस ७० औं स्थानमा छ ।

विश्वकपको उद्घाटन खेलमा नै प्रतिस्पर्धा गर्ने साउदी पहिलो एशीयाली राष्ट्र पनि हो । दुइ देश खराब फर्म बाट गुज्रिरहेका छन । रसियाले गत अक्टोबरमा दक्षिण कोरियालाइ पराजित गरेयता खेलेका सात खेलमा जीत हात पार्न सकेन् । यस्तै साउदीले पछिल्ला तीन मैत्रीपुर्ण खेलमा तीनैमा पराजय बेहोरेको थियो ।

विश्वकप अघिको अन्तिम वार्म अप म्याचमा साउदीले जर्मनी संग सुधारिएको खेल प्दर्शन गर्दै दुइ एक गोलको हार बेहोरेको थियो । यसले खेलाडीको मनोवल केही उच्च भएको बताइएको छ । दुवै टोली विश्वकपको फाइनल चरणमा जीतको खडेरीलाई तोड्न चाहन्छन । रसियाले २००२ यता फाइनलका चरणका कुनैपनि खेलमा जीत निकाल्न सकेको छैन् ।

साउदीले पछिल्लो पटक १९९४ को विश्वकपमा जीत हात पारेको थियो । त्यसैले समुह ए मा रहेका रसिया र साउदीका लागि आजको खेल विषेश रहनेछ । मैत्रीपुर्ण खेलमा गरेको खराब प्रदर्शन गरेपछि समर्थको आलोचनाको सामना गरिरहेको रसियालाइ ठुलो प्रतियोगितामा आफुलाइ प्रमाणित गर्न चाहन्छ ।

त्यसैका लागि विश्वकपको हब मस्को भन्दा केही टाढा गएर एक साता लामो अभ्यास गरेको थियो । रसिया र साउदीले विश्वकपमा अहिले सम्म समुह चरण पार गर्न सकेका छैनन् । यता साउदी देशमा भइरहेको फुटवल विकासलाइ आफ्नो प्रदर्शन मार्फत विश्वकलाइ सकारात्मक चित्र देखाउन चाहन्छ । विश्वकपको इतिहासमा अहिले सम्म होस्ट राष्ट्रले हार बेहोरेको छैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.