रवि लामिछाने लगायतलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री सिंह

| 2024 Sep 17 | 04:50 pm 293

काठमाडौँ, आश्विन १ / उपप्रधानमन्त्री एवंम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मंगलबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने बताएका छन् ।

उपप्रधानमन्त्री सिंहले सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी अध्ययन गर्न गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनका आधारमा संलग्नमाथि कारवाही प्रक्रिया अघि बढाइने बताएका हुन् ।

सरकारले प्राप्त गरेपछि प्राप्त सुझावका आधारमा अध्ययन गरेर कार्यान्वयन गर्नुका साथै ‘समितिको सुझावको आधारमा सबै प्रक्रिया पूरा गर्नुपर्ने सरकारको दायित्व हो त्यो गर्छ उनले भने ।

गोर्खा मिडियामा सहकारीको रकम दुरुपयोग भएको सन्दर्भमा संसदीय समितिले तत्कालीन समयमा प्रबन्ध निर्देशकको भूमिकामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि समेत प्रचलित कानुनबमोजिम कारवाही गर्न सिफारिस गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.