रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण

| 2020 Oct 29 | 10:42 am 1792

काठमाडाैं, कात्तिक १३ः संचारकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा आफू र श्रीमती निकिता पाैडेल दुवैलाई कोरोना पोजेटिभ देखिएको सामाजिक संजाल फेसबुकमार्फत् बिहीबार बिहान जानकारी दिएका छन् ।

उनले भनेका छन्, हामी दुवैको स्वास्थ्य सामान्य छ, केही पेशागत क्रियाकलपाले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुनसक्दछ ।

घरमा आफूहरू दम्पती मात्र रहेकोले धेरै समस्या नरहेको उनले बताएका छन् । घरमा हामी दुई मात्र छौं । त्यसैले धेरै समस्या छैन । तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं । भन्ने उनकाे आग्रह छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.