रवि लामिछाने क्लबबाट रास्वपालाई बाहिर ल्याउनुपर्छ : मुकुल ढकाल

| 2024 Aug 02 | 10:47 am 361

काठमाडौं १८साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले रवि लामिछाने क्लबबाट पार्टीलाई अलग गराउन अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत ढकालले जबाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनुपर्ने बताउदै लामिछाने क्लबबाट रास्वपालाई बाहिर ल्याउन तीन सुझाव दिएका छन्। उनले राष्ट्रियता, पारदर्शिता र जबाफदेहिता तथा वैकल्पिक शक्तिको एककीरण गरेर रास्वपाको आफ्नो अस्तित्व कायम गर्नुपर्ने बताएका छन् ।

२०८४ को चुनावलाई लक्ष्यमा राखी पुराना राजनीतिक शक्तिहरू विरुद्ध सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरू एक भई नेपाली जनताको सुशासन र विकासको आकांक्षा पूरा गर्नका लागी पारदर्शिता , जबाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनपर्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.