रवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी

| 2024 Sep 10 | 02:29 pm 265

काठमाडौँ २५ भदौ / पोखराको विरौटास्थित ग्यालेक्सी ब्याङ्क्वेटमा पार्टीको प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले नाराबाजी गरेका छन्।

उक्त ब्याङ्क्वेटमा रास्वपा प्रदेशस्तरीय प्रशिक्षण चलिरहेको छ। बैठकस्थलमा छिर्ने क्रममा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका हुन् । प्रदर्शनकारीले बैठकस्थलबाहिर सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको भन्दै नाराबाजी गरिरहेका छन् ।

थप अनुसन्धानका लागि सीआईबीका तत्कालीन प्रमुख किरण बज्राचार्यले सहकारी ठगी प्रकरणमा कास्की प्रहरीलाई सघाउन इन्स्पेक्टर नेतृत्वको टोली पठाएकी थिइन् । कास्की प्रहरी र सीआईबीको टोलीले सूर्यदर्शन सहकारी प्रकरणमा लामिछानेसहितका व्यक्तिका नाममा कर्जा प्रवाह भएको किटान गर्दै अनुसन्धान गर्नुपर्ने राय दिएको थियो ।

लामिछाने प्रबन्ध निर्देशक एवं सेयर सदस्य रहेको टेलिभिजनमा पोखराको सुर्यदर्शन लगायत देशका विभिन्न सहकारीमा सर्वसाधारणले राखेको बचत लगानी गरेका थिए। सहकारी ऐनले सहकारीमा राखिएको रकम कम्पनीमा लगानी गर्नु नपाउने उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.