रवि लामिछानेतर्फको थुनछेक बहस सुरु

| 2025 Jan 06 | 01:48 pm 313

काठमाडौँ, २२पुष / पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजबाट रास्वपाका सभापति रवि लामिछानेको तर्फबाट थुनछेक बहस सुरु हुँदैछ । कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने बिरुद्द गतसाता अदालतमा मुद्दा दायर भएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहस भइरहेको छ ।

थुनछेक बहसका लागि रास्वपा सभापति लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, हरि सुवेदी, डा. नारायण घिमिरे, रमण श्रेष्ठ, सुरेन्द्र थापा मगरसँगै अधिवक्ताहरू डा. नारायण कँडेल, रोहितराज बाँस्तोला, राजेन्द्र बजगाईं र सुविज्ञ पन्तलगायतले बहस गर्नेछन् ।

शुक्रबारदेखि प्रतिवादीहरूको तर्फबाट बहस सुरु भए पनि दुई दिन गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं सेयरधनी पूर्व डीआइजी छविलाल जोशी र जीबी राईका साझेदार एवं सहयोगी लीला पछाईको तर्फबाट उनीहरूका कानुन व्यवसायीले बहस गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.