रविलाई थुनामा दुव्यर्वहार नगरिएको कास्की प्रहरीको प्रस्टोक्ति

| 2024 Oct 27 | 01:09 pm 321

काठमाडौँ, ११ कार्तिक / कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले अनुसन्धानका क्रममा दुर्ब्यबाहर गरेको भन्ने हल्ला गलत रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयक तर्फबाट सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जारी गरेको उक्त विज्ञप्तिमार्फत तथ्यहीन, भ्रामक र झुठा समाचारबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देह प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमासमेत नकारात्मक प्रभाव पर्ने भएकोले तथ्यमा आधारित रहेरमात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ।

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा पक्राउ परेका लामिछानेलाई रास्वपाका नेताकार्यकर्ताले प्रहरीले आफ्ना सभापतिलाई अनुसन्धानका क्रममा धम्काएको, हिरासतमा दुव्र्यवहार गरेको र इजलासमा हतियार सहित प्रवेश गरेको भन्दै प्रचार गरेपछि कास्की प्रहरीले त्यसको खण्डन गरेको हो।

रास्वपाका नेताहरुले आफ्ना सभापतिमाथि दुव्र्यवहार गरेको दाबी गर्दै आएका छन्। शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पनि लामिछानेलाई अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको बताएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.