रविको पार्टी होइन, रास्वपाको पार्टी बनाउँ: महामन्त्री ढकाल

| 2024 Jul 03 | 01:43 pm 425

काठमाडौँ १९ असार / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले आज बिहान बसेको केन्द्रिय समितिको बैठकमा पार्टी रवि लामिछानेको मात्रै नभएको बताएका छन् । बैठकमा मुखमा टेप टाँसेर बसेका उनले आफूले तयार पारेको प्रस्ताव पेश गर्न चाहेका थिए । सभापति रविले रोके ।

उनले केन्द्रिय समितिको बैठकमा रविको नभई रास्वपाको पार्टी बनाउनु पर्ने बताएका हुन् । ‘यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्त्र सोच राख्नेको दल बनाउँ भन्ने प्रस्ताव लगेको थिएँ । रविले राख्न दिनुभएन उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले सार्वजनिक रूपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गर्नुपर्ने बताएका छन् । ३८ जिल्ला पुगेर प्रतिवेदन तयार पारेका महामन्त्री ढकालले पार्टी निर्माणमा बौद्धिक नागरिक समाजको सहयोग खुलेर लिन पर्ने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठक लाइभ नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप बाँधेर विरोधसमेत जनाएका थिए । प्रतिवेदनमा उनले पार्टीको आगामी कार्यदिशा निर्माणका लागि घोटिनुपर्ने पनि बताएका छन् ।

त्यस्तै पार्टी सभापति रवि लामिछानेमा मात्रै केन्द्रित भएको पनि महामन्त्री ढकालको आरोप छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔं तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.