काठमाडौं, असार २ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा संघिय सांसद रवि लामिछानेले आगामी असार ७ गते मुलुकका सातै प्रदेशका ७७ वटै जिल्लामा ७७ पटक एकै समयमा घण्टी बजाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।
पूर्व संचारकर्मी समेत रहेका लामिछानेले आफ्नो फेसबुक पेजमा गत वर्ष आजैका दिन देखि समाचार कक्ष छाडेर राजनीतिक मैदानमा आएको जनाएका छन् । उनले त्यो बेला संचार गृहमा भएका साथीहरुलाई लेख्दा लेख्दैको समाचार रोक्नु परेको पीडा मनमा बोकेका साथीहरुलाई समाचार कक्ष बचाउन आग्रह गरेको पनि स्मरण गरेका छन् ।
असार ७ गते पार्टीको स्थापना दिवसका दिन साँझ ७ बजे ७७ पटक घण्टी बजाउने कार्यक्रम रहेको उल्लेख गरेका छन् ।
