रत्नराज्य विद्यालयकाे बिज्ञान प्रयाेगशाला हस्तान्तरण

| 2022 Sep 25 | 12:32 pm 1469

काठमाडाैं, असाेज ९ः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेङ्गु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन्। आइतबार राजधानीको रत्नराज्य विद्यालयको बिज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । नेता सिंहले जनस्तरमा अनुभुत हुनेगरि सरकारले काम गर्न म नेपाल सरकारको ध्यानाकर्षण गराउछु भन्दै सरकारले तत्कालै विशेष अभियान सुरु गर्न आग्रह गरेका छन् ।

बिरामीले सिटामोल धरी भनेको समयमा पाईदै भन्ने गुनासो रहेकाले सरकारलाई गम्भीर बन्न अपिल गरेका छन् । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न आग्रह गरेका छन् ।
फरक प्रसंगमा बोल्दै मुलुकमा संकटको निकासका लागि कांग्रेस अवसर पाउँदा जिम्मेवारी बहन गरेको छ भन्दै अहिलेको आम चुनावमा कांग्रेसलाई अवसर दिने हो भने मात्रै राजनीतिक स्थिरत्व आउने समेत बताएका छन् ।

अवसर पाउँदा कस्ले कुन दलले के गरेको छ त्यसको लेखाजोखा जनताले गर्नु पर्ने समेत बताएका छन् । अहिले संघीयताका बारेमा समेत प्रश्न उठेकाले कांग्रेसले अवसर पाए जनतालाई अनुभुत हुने गरि काम गरेर देखाउने समेत बताउँदै गुड गभरमेन्ट भ्रस्टाचार मुक्त शासन प्रणाली कांग्रेसको प्राथमिकता रहेको समेत बताएका छन् ।

मुलुकमा बेरोजगारी समस्याको समाधान स्थानीय साधन स्रोतको परिचालन पर्यटन क्षेत्रको बिकास मार्फत स्वरोजगारिको सृजना गरि युवा बर्गमा रहेको निरासा अन्त्य गर्नु कांग्रेसको मुख्य ध्येय रहेको समेतत बताएका छन् । स्वास्थ्य र शिक्षामा आमूल परिवर्तनको खाचो रहेकाले त्यस तर्फ ठोस कार्य योजनाका साथ आफू अगाडि बढेकाले साथ सहयोगका लागि समेत आग्रह गरेका छन् ।

कार्यक्रम रत्नराज्य स्कुलको सुबिधा सम्पन्न बिज्ञान प्रयोगशालाको हस्तान्तरण गरिएको थियो भने बागमती प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ लगायतले विद्यालयको क्षमता बिकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबदता ब्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.