रणनीतिक त्रुटिका कारण काँग्रेसको हार : सिटौला

रिपोर्ट नेपाल | 2018 May 31 | 01:04 pm 3155

दाङ, १७ जेठ : नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले रणनीतिक त्रुटिका कारण काँग्रेसले हार व्यहोर्नुपरेको बताएका छन् ।

नेपाली काँग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा उनले भने , “चुनावमा हार व्यहोर्नुपरे पनि काँग्रेस जनताको मनबाट हारेको छैन ।”

नेता सिटौलाले अब काँग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै त्यसका लागि पार्टी एकताबद्ध भएर अगाडि बढ्नेछ बताए ।
“काम गर्दा भएका गल्ती र कमजोरी सच्चाएर एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ,” उनले भने, “पार्टीलाई समयको मागअनुसार अगाडि बढाउनुपर्छ, त्यसो नगर्दा काँग्रेसले मुलुकलाई नेतृत्व दिन सक्दैन्, त्यसैले मुलुकलाई नेतृत्व प्रदान गर्न काँग्रेसका हरेक कार्यकर्ताले पार्टीभित्र सकारात्मक दबाब दिनुपर्छ ।”

नेता सिटौलाले राजनीति आफ्नो लागि नभई राज्यका लागि गर्नुपर्नेमा जोड दिदैं पछिल्लो समय राजनीतिमा व्यक्तिगत स्वार्थ हावी हुदैगएकोमा चिन्ता व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.