रङ्गराज खतिवडाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

रिपोर्ट नेपाल | 2019 Nov 27 | 04:07 pm 2084

काठमाडौँ, मङ्सिर  ११ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस सिन्धुलीका पूर्वसभापति एवं महासमिति सदस्य रङ्गराज खतिवडाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । खतिवडाको मङ्गलबार सिन्धुली फर्कने क्रममा निधन भएको हो । खतिवडाका निधनबाट पार्टीले एक कुशल नेतृत्व एवं सङ्गठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसमा निरन्तर क्रियाशील रहेर स्व खतिवडाले पार्टीको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरतरुपमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । कमलामाई नगरपालिका–१ डाडीगुराँसे निवासी खतिवडाको पार्थिव शरीरलाई आजै गृह जिल्लामा दाहसंस्कार गरिने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.