रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमको शुभारम्भ

| 2021 Nov 21 | 03:39 pm 1749

काठमाडाैं, मंसिर ५ः नेपाली सेना र सञ्‍चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी रुपमा अगाडी बढाउने उद्धेश्यका साथ विभिन्न सञ्‍चार माध्यमका २६ जना रक्षा संवाददाताहरुलाई सहभागी गराई मिति २०७८ मंसिर ०५ गतेदेखि १० गतेसम्म संचालन हुने Defence Correspondent Orientation Programme (DCOP) कार्यक्रमको आज मिति २०७८ मंसिर ०५ गते जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच श्री जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले प्रथम प्रवचन गरी कार्यक्रमको शुभारम्भ गरेका छन् ।

उक्त कार्यक्रमको शुभारम्भको क्रममा आफ्नो मन्तव्य राख्‍दै सहायक रथी पौडेलले यस Defence Correspondent Orientation Programme (DCOP) मा आफ्नो अमूल्य समय दिई सहभागी भएका रक्षा संवाददाताहरुलाई धन्यवाद प्रकट गर्दै नेपाली सेनाको कार्य प्रकृति तथा भूमिका सम्बन्धमा विभिन्न सञ्‍चार माध्यमका रक्षा संवाददाताहरुलाई जानकारी गराई नेपाली सेना र सञ्‍चार माध्यमबीचको आपसी सहकार्य तथा सम्बन्ध विस्तार गर्ने कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनाले यस प्रकारको अभिमुखिकरण कार्यक्रम संचालनमा ल्याएको बताए ।

उक्त पाँच दिने अभिमूखिकरण कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्‍चालन गरिनुका साथै चितवन राष्ट्रिय निकुञ्‍ज र राष्ट्र गौरवको
आयोजना काठमाण्डौं-तराई/मधेश द्रुतमार्गको फिल्ड भिजिट समेत गराउने योजना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.