काठमाडौं, कात्तिक ६ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डीला पन्त संग्रौलाले आफूमाथि भएका यौन हिंसालाई दवाएर नराख्न आग्रह गरेकी छिन् । पछिल्लो समय नेपालमा यौनहिंसा भएका घटना सार्वजनिक गर्ने अभियानलाई थालनी गरिएको छ ।
एक संचारकर्मी एक नेताको यौन प्रस्ताव नमानेकै कारण जागिरबाट हट्नु परेको चर्चा चलिरहेकै बेला यौन हिंसामा परेका महिलाहरुको लागि कानुनी उपचार गराउन अभियान थालिएको बताइएको छ । मि नाम दिएर थालिएको यो अभियानलाई सफल बनाउन आम नेपालीसँग आग्रह समेत गरिएको छ ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डीला पन्त संग्रौलाले मी अभियानलाई पछ्याएर आफूमाथि भएका यौनहिंसाका घटना उजागर गर्न आम महिला दिदी बहिनीलाई आग्रह गरेकी छिन् ।
उनले फेसबुकमा मंगलबार बिहान सेयर गर्दै लेखेकी छिन् ‘मि टु’अभियानलाई नेपालमा पनि पछ्याउँदै आफूमाथि भएका यौनहिंसाको उजागर गरौँ, दोषीलाई कारबाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन आजैदेखि दवाव बढाऔँ ।
डा संग्रौलाको यो स्टाटसपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई पनि यो अभियानमा सक्रिय भएर लाग्न आग्रह गर्ने भएकी छन् ।