यो सरकार ५ वर्षसम्मै टिक्छः प्रधानमन्त्री दाहाल

| 2023 Mar 29 | 02:02 pm 461

काठमाडाैं, चैत १५ः प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन।

बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन उनले  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरे।

प्रधानमन्त्री दाहालले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.