यो समीकरण भत्कियो भने राम्रो हुँदैन : ओली

| 2024 Jun 07 | 01:50 pm 241

काठमाडौँ २५ जेठ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा समीकरण भत्किन नदिने र वर्तमान सत्तासमीकरण भत्किए राम्रो नहुने बताएका छन् ।

ओलीले भने यो समीकरण भत्कियो भने कुनै राम्रो कुरा हुनेवाला छैन । त्यसकारण यो समीकरण भत्किँदैन भत्किन दिइँदैन ।

उनले कुनै दलसँग बहुमत नहुँदा अस्थिरता जन्मिएको बताए । अस्थिरतामा नखेल्न उनको आग्रह छ । उनले बजेटमा असन्तुष्टि नरहेको बताए । अझै राम्रो बनाउनुपर्छ भन्दा असन्तुष्टि होइन । त्यो ठिकै हो ओलीले भने । ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठलक्षित अभिव्यक्तिबारे स्पष्टीकरण पनि दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.