काठमाडौँ १८भदौ / नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै जनताबाट अनुमोदित भएर आएका सांसदहरूले आफ्नो अधिकार सीमित नेतालाई दिएपछि देश कसरी समृद्ध हुन्छ भन्दै प्रश्न गरेका छन् ।
सांसद भण्डारीले नेतालाई अधिकार माग्दा हात खुट्टा जोड्दा पनि अधिकार नपाएपछि मुलुक कसरी विकसित हुन्छ भन्दै प्रश्न गरेका छन्। उनले साना काम गर्ने हो भने जनताले ठुला सुविधा प्राप्त गर्ने बताए । सरकारले जनताको हितका लागि कुनै पनि निर्णय गर्न नसकेको उनले बताए ।
यही तरिकाले सरकार जान्छ भने संकट व्यवस्थामाथि पनि पर्छ । संकट नेतृत्वमाथि पनि पर्छ । संकट मुलुकमाथि पनि पर्छ । त्यसकारण सरकार होईन, अब काम गरेर देखाउनुपर्छ । म व्यवस्थाको निमित्त लडेको हुँ । पाँच वर्ष जेल बसेको छु । पिटाइ खाएको छु । तर, नेतृत्वको इच्छाशक्ति नहुँदा काम गरौं भन्दा पनि हामीले जवाफ दिनुपर्ने ? यो भारी अब हामी बोक्न सक्दैनौं,उनले भने।
अहिले पनि निर्माण व्यवसायीलाई २० अर्ब पैसा तिर्नुपर्ने र ६ खर्बका योजना विना रकमको भएको उनले बताए । ‘७ खर्ब भन्दा बढी पैसा बैंकमा छ । सरकारले निर्माण व्यवसायीलाई पैसा दियो भने अहिले पनि बजारमा पैसा आउन सक्छ । मुलुकमा समृद्धि आउन सक्छ भनेका छन्।
सांसद भण्डारीले यो देशमा सानाका कुरा सुन्न नपर्ने भन्दै प्रश्न समेत गरे । ‘टेलिफोनको विल‚ विद्युत्को बिल तिर्न नसकेर लाइन काटिएकाको कुरा सुन्न नसक्नेको कुरा नसुन्ने । सामान्य औषधी गर्न नसकेर मृत्यु भएकाहरूको कुरा सुन्न नसक्ने अनि अहिले पनि हामी एनसेलको विषयमा मात्र लागिरहेन‚’ उनले प्रश्न गरे ।
सांसद भण्डारीले नेपालको अन्तर्राष्ट्रिय हवाई उडान गर्ने ४ वटा विमान ग्राउण्डेट भएको र त्यसको लस बढिरहेको भन्दै एनसेलको कुरा झिक्दै भने‚‘कहिले ६५ खर्ब तिरेन । कहिले विद्युत्को पैसा तिरेन । यो के नाटक हुँदैछ । सरकारले यसको जवाफ दिनुपर्छ ।’