काठमाडौं, असार ११ । वर्तमान गठबन्धन टुटेर नयाँ सरकार बन्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज धादिङ पुगेर याे गठबन्धन पाँच वर्ष नै टिक्ने उद्घाेष गरेका छन् । उक्त कुरा प्रधानमन्त्री प्रचण्डले धादिङको गजुरीमा रहेकाे आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्ने क्रममा बताएका हुन् ।
‘अहिले एकथरी मिडियाले सरकारको आयुका बारे अनर्गल प्रचार र चर्चा चलाउने गरेका छन् त्याे गलत भएकाे प्रचण्डकाे भनाइ रहेकाे थियाे । पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ,’ प्रधानमन्त्री प्रचण्डकाे कथन थियाे । ‘ १८औं शताब्दीमा कार्ल माक्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोचि तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि राम्रो गर्दै अघि बढ्नु पर्छ भन्ने आफ्नो साेच रहेकाे प्रधानमन्त्री प्रचण्डकाे भनाइ रहेकाे थियाे ।