यू–१९ एसिया कप : टस जितेको पाकिस्तानले पहिला बलिङ्ग गर्ने

| 2023 Dec 08 | 11:58 am 573

काठमाडौँ, मंसिर २२ – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा टस जितेको पाकिस्तानले दुबईकाे आईसीसी एकेडेमी ओभल–२ मा कप्तान सादबेगले बलिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङकाे निम्ताे दिएका हुन् ।

नेपालसहित ८ देश सहभागी रहेको प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् भने समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । नेपालले दोस्रो खेल आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ । मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ ।

नेपालको १९ वर्षमुनिकाे टोलीको इतिहास हेर्ने हो भने भारत, न्युजिल्यान्डजस्ता टेस्ट टोलीलाई हराएको छ । सन् २०१७ मा नेपालले भारतलाई हराएको थियो । तर अहिलेसम्म नेपाल एसिया कपकाे फाइनल सम्म भने पुग्न सकेको छैन। प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.