यु १५ महिला फुटबल : तेस्रो स्थानको खेलमा नेपाल आयोजक भुटानसँग पराजित

रिपोर्ट नेपाल | 2018 Aug 18 | 06:43 pm 1905

काठमाडौं, भदौ २ : यु–१५ महिला साफ च्याम्पियनशीप अन्तर्गत आज भएको तेस्रो स्थानको खेलमा पनि नेपाल पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चामलिङथाङ रङ्गशालामा भएको तेस्रो स्थानको खेलमा आयोजक भुटानसँग पेनाल्टी सुटआउटमा ६–५ गोलले पराजित भएको हो । घरेलु टिम भुटानले खेल सुरु भएको दोस्रो मिनेटमा नै अग्रता बनाएको थियो ।

डेकी यान्दोनले भुटानका लागि गोल गर्दै आफ्नो टोलीलाई बढ्त दिलाएपछि खेललाई बराबरीमा उभ्याउन नेपालले ५२ औँ मिनेटसम्म कुर्नु परेको थियो । नेपालका लागि चन्द्रा भण्डारीले गोल गर्दै खेललाई खेललाई बराबरीमा उभ्याएकी थिइन । त्यसको केही बेरमा ऐसी विद्याले गोल गरी भुटानलाई दुई एकको अवस्थामा पु¥याएकी थिइन ।

तर नेपालका लागि पुनः चन्द्रा भण्डारीले गोल गरेपछि खेल निर्धारित समयसम्म दुई दुईको बराबरीमा टुंगिदै पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा नेपाल ६–५ गोलले पराजित भएको हो । यसअघि नेपाल सेमिफाइनलमा भारतसँग २–१ ले तथा भूटान डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ५–० को अन्तरले पराजित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.