युवा बिना मुलुकको रुपान्तरण हुँन सक्दैन , राष्ट्र निर्माणमा सबै एकजुट बनौं : प्रधानमन्त्री ओली

| 2024 Sep 24 | 08:45 am 421

काठमाडौँ, आश्विन ०८ / संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू बिना मुलुकले रुपान्तरण गर्न सक्दैन भन्नेमा आफू स्पष्ट रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वर्ल्ड लिडर्स फोरममा सम्बोधन गर्दै युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गरेका हुन्।

‘रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएका छौं। विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सिर्जना गर्न आग्रह गरे। युवाहरू बिना मुलुकले रुपान्तरण गर्न सक्दैन भन्नेमा स्पष्ट छु। राष्ट्र निर्माणमा एकजुट होऔं प्रधानमन्त्री ओलीले भने ।

‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै ओलीले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएको जानकारी गराए।

जुन हामीले मेहनत गरेमा छोटो समयभित्र हाँसिल गर्न सक्नेछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामी उदाउँदो लोकतन्त्र भएका मुलुक हौँ। भारत र चीनजस्ता आर्थिक शक्ति राष्ट्रका छिमेकी पनि हौँ। त्यस अर्थमा नेपाल आर्थिक विकासका लागि बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा छ।’

उनले आफूले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका संसद्का दुई ठूला दलसहितको सरकारको नेतृत्व गरिरहेको अवगत गराउँदै सुशासन र पारदर्शिता कायम गर्ने सङ्कल्प लिएको जानकारी दिए। ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.