काठमाडौँ, फागुन २८ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवाहरूलाई नेपालमा नै काम गर्ने वातावरण बनाउन सरकार लागिपरीरहेको बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले पर्याप्त सुधारको कामलाई अघि बढाएको दाबी समेत गरे ।
मन्त्री विष्टले युवाहरूलाई देशभित्रै काम गर्ने वातारण बनाउने र श्रमिकहरूको न्यूनतम पारिश्रमिक तोक्ने काम सरकारले गरिरहेको बताए ।
उहाँले पछिल्लो समय विदेश जाने नेपाली युवाको सङ्ख्या बढी रहेको बताउँदै सो संख्यालाई नेपालमा नै रोजगारीको श्रृजना गर्न सरकार लागि परीरहेको बताए ।