युवतीलाई भारततर्फ लैजाने तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 04 | 07:55 am 2815

कञ्‍चनपुर, जेठ २१: कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।

युवतीलाई विभिन्न लालच तथा प्रभोलनमा पारी भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्‍ने ४७ वर्षीय महेन्द्र पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

“भारतीयलाई सघाउने महाकाली नगरपालिकाका दुई जनालाई समेत पक्राउ गरेका छौँ” उनले भने । पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उनको भनाइ रहेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.