युरोकप आज रातिदेखि

| 2024 Jun 14 | 03:32 pm 753

काठमाडौँ ३२ जेठ / युरोकपको १७ औं संस्करण आजदेखि सुरू हुँदैछ। युरोकपमा तीन पटकसम्म उपाधि उचालेको जर्मनी यो संस्करणको आयोजक छ। जर्मनी चार पटकसम्मको विश्वकप विजेता पनि हो।

सन् २००६ मा फिफा विश्वकप आयोजना गरेयता जर्मनीले पहिलो पटक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो। ६ समूहमा २४ देशहरू सहभागी प्रतियोगितामा कुल ५१ खेलहरू हुनेछन्।

युरोकपको उद्घाटन खेलमा आज राति आयोजक जर्मनी र स्कटल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि हुदै छ । युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा ईङल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो ।

यस युरोकपमा भाग लिएका २४ टिमलाई ६ समुहमा बिभाजन गरिएको छ । समुह चरणका खेलपछि समुहमा शिर्ष २ देश नकआउट चरणमा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष चार देश पनि नकआउट चरणमा पुग्ने छन् ।

युरोकपको समुह ए मा जर्मनी, स्कटल्याण्ड, हंगेरी र स्वीजरल्याण्ड रहेका छन् । त्यस्तै समुह बी मा स्पेन, क्रोसिया, इटाली र अल्बानिया रहेका छन् भने समुह सी मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङल्याण्ड रहेका छन् । त्यस्तै समुह डी मा पोल्याण्ड, नेदरल्याण्डस, अस्ट्रिया र फ्रान्स रहेका छन् भने समुह इ मा बेल्जियम, स्लोभाकिया छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.