सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा युट्युबर मनोज मानवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चरित्र हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो ।
‘एकजना महिलाले उहाँले चरित्र हत्या गरेर आफ्नो बेइज्जत गरेको भन्ने उजुरी दिनुभएको छ,’ ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले भने, ‘त्यही उजुरीका आधारमा कीर्तिपुरबाट पक्राउ गरेर उहाँमाथि अनुसन्धान गरिरहेका छौं।’
युट्युबर मानवले विभिन्न महिला र व्यक्तिहरुका व्यक्तिगत जीवनका कुराहरूलाई लिएर सामग्रीहरू उत्पादन गर्ने गरेको आरोप छ। मानवलाई म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत लगिएको छ ।