युगलको उपचारको लागि लेकवेसी आमा समूहको साथ

रिपोर्ट नेपाल | 2020 Mar 11 | 08:57 am 2261

गुल्मी, फागुन २८: दुबै मिर्गौला फेल भएर प्रत्यारोपणका लागि आर्थिक अभावमा जीवन र मृत्युसँग जुध्दै आएका ३८ वर्षीय युगल भुजेलको जीवन रक्षाका लागि सहयोग रकम जुट्न सुरु भएको छ ।

युगल बचाउ अभियान नाम दिएर संस्थागत र व्यक्तिगत रकम जुट्न थालेपछि भुजेलको परिवार थोरै भएपनि खुसी देखिएको छ ।

पछिल्लो पटक लेकवेसी आमा समूहले उनको उपचारको लागि १ लाख ५० हजार ९ सय ७० रुपैयाँ सहयोग गरेको छ ।

आमा समूहले पत्रकार सम्मेलन गरी रोग भन्ने जो कोहीलाई लाग्न सक्ने भएकोले थोपा थोपा गरेर घैला भरिए झै आफू सक्दो सहयोग येगललाई गर्न आग्रह गरिएको थियो ।

आमा समूहले उक्त रकम एक समारोहकाबीच युगलका दाजु डीलबहादुर भुजेललाई हस्तान्तरण गरेको थियो ।

भुजेलको जीवन रक्षाका लागि युगल भुजेल बचाउ अभियानको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक तमघासको खाता नम्बर ३०१००१०२३१०१ र ग्लोबल आइएमईको ७००१०१००००४०० मा रकम जम्मा गर्न सकिने अभियानका संयोजक राजु पाण्डेले बताएका छन् ।

युगलको जीवन रक्षाका लागि देश विदेशबाट सहयोग रकम उठ्न थालिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.