काठमाडौँ जेठ २८: काभ्रेली समूहका गुण्डा अशोक लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । शंखमुलस्थित यूएनपार्क नजिकै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई आक्रमण गर्न खोजेपछि उनलार्इ प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हाे ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसएपी) धिरजप्रताप सिंहका अनुसार लामालाई दायाँ घुँडा मुनी गोली लागेको छ। उनलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएर उपचारका लागि वीर अस्पताल पुर्याएको सिंहले बताएका छन्।
एसएसपी सिंहका अनुसार प्रहरीले लामालाई पछ्याउँदै जाँदा उनले प्रतिकार गर्न खोजेपछि प्रहरी टोलीले गोली चलाएको हो। लामाको साथबाट एक पेस्तोल र २ थान गोली पनि बरामद भएको छ।
सातदोबाटो देखि भैंसिपाटीसम्म विभिन्न व्यापारी तथा घरजग्गा प्लटिङ व्यवसायीसँग धम्काएरपैसा असुल गर्ने गरेकाे प्रहरीकाे ठम्यार्इ छ। विशेष सुराकीकाे अाधारमा प्रहरीले लामालार्इ पछ्याउदै गएकाे थियाे ।
लामाे समयदेखि खाेजिकाे सूचिमा रहेका लामालार्इ नियन्त्रणमा लिन खाेज्दा प्रहरीमाथि जाइलागेपछि प्रहरीले गाेलीचलाएर नियन्त्रणमा लिएकाे बताइएकाे छ ।
उनीसँगै रहेका २ जना भाग्न सफल भएको प्रहरीले जनाएको छ।