यी हुन् मन्त्रिपरिषद् बैठकले गरेकाे १४ निर्णय (निर्णयसहित)

रिपोर्ट नेपाल | 2020 Jan 09 | 06:36 pm 1485

काठमाडौं, पुस २४  : मन्त्रिपरिषदको वैठकले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिदेखि सत्य निरुपणको विवाद समाधानका लागि समिति गठन गर्नेलगायतका विभिन्न १४ निर्णयहरु गरेको छ ।

मन्त्रिपरिषद्को गत पुस २१ गते बसेको बैठकले गरेका निर्णयहरु आज (बिहीबार) नियमित पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् ।

निर्णयअनुसार द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौताको कार्यान्वयनमा सिर्जना भएका वा हुने विवादहरुको निरुपण गर्नका लागि अर्थ मन्त्रालयका सचिवको संयोजकत्वमा ८ सदस्सीय आवश्यक तयारी संयन्त्र गठन गरिएको छ । यस्तै धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुङ्गानालाई नियुक्त गरिएको छ ।

बैठकले पानीजहाज दर्ता, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनुका साथै महाकाली सिंचाइ आयोजनाको नहल निर्माणका लागि बन प्रयोग गर्न स्वीकृतिलगायतका १४ निर्णय गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषदले गरेका निर्णयहरु

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.