यात्रु बस दुर्घटनामा दुईकाे मृत्यु, ३० घाइते

रिपोर्ट नेपाल | 2021 Aug 25 | 02:14 pm 1645

सिन्धुपाल्चोक,  भदाै ९ः जिल्लाको सुनकोसी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना हुँदा   दुई जनाकाे च्यापिएर मृत्यु भएकाे छ भने ३० जना घाइते भएका छन् ।

बसमा सवार मध्ये दुइ जना बस भित्रै च्यापिएको र उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये १५ जनालाई स्थानीय सिन्धु सदावहार अस्पताल खाडिचौर र १५ लाई धुलिखेल अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना लगतै प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए । दुर्घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.