यातायात समितिलाई कम्पनीमा लैजान गर्नुपर्ने सहजीकरणका लागि सरकारद्वारा सात सदस्यीय समिति गठन

| 2019 Apr 18 | 02:00 pm 2090

काठमाडौं, वैशाख ५ : सरकारले यातायात समितिलाई कम्पनीमा लैजान गर्नुपर्ने सहजीकरणका लागि सात सदस्यीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई १५ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

समितिमा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार, गृह मन्त्रालयका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव बसन्त भण्डारी रहेका छन् ।

बुधबार बसेको समितिको पहिलो बैठकमा समितिमा भएका सवारी साधनलाई सहज ढंगले कम्पनीमा लैजानेबारे प्रारम्भिक छलफल भएको थियो ।

वैशाखमा नै सिन्डिकेट अन्त्यको घोषणा गरेको सरकारले यातायात व्यवसायीहरु कम्पनीमा दर्ता गर्ने म्याद ऐन संशोधन गरेर ३ महिनाका लागि थप गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.