यातायात व्यवस्था कार्यालयका प्रमुख गौतमको रजाई पैसाको भरमा धमाधम लाईसेन्स दिदै : अख्तियार मौन

| 2023 Dec 13 | 11:44 am 1917

पर्सा , मंसिर २७ / यातायात कार्यालय वीरगंजमा पैसाको भरमा लाईसेन्स बनाउदै गरेको रहस्य खुलेको छ । सवारी चालक पत्र बनाउनको लागि आएका सेवाग्राहिसँग बिचौलीयाहरुले मोटो रकम लिएर मात्रै लाईसेन्स दिदै आएका छन्।

यातायात कार्यालयका प्रमुख कमलराज गौतम कार्यालय भित्र करारका कर्मचारी र बिचौलियाहरु प्रयोग गरि अवैध रुपले लिखित र ट्रायल परिक्षाको भिडियो ईडिटिङ्ग गरि ठुलो रकम लिई पास गराउने गरेको स्रोतले जनाएको छ। यातायात कार्यालय पर्साका प्रमुख गौतमले परिचालन गरेका बिचौलियाहरुले सेवाग्राहीसँग छिटो भन्दा छिटो लाईसेन्स बनाईदिन्छु भन्दै हजारौ रुपैया लिने गरेको सेवाग्राहीहरु बताउछन्।
त्यसरी उठाएको रकम गौतमलाई बुझाई नयाँ लाईसेन्स दिने गरेको स्रोतको दाबी छ।

त्यसैगरि यातायातमा भईरहेको भ्रस्टाचार रोक्नको लागि ट्रायल सेन्टरको ग्राउण्डमा सिसि क्यामेरा जडान गरे पनि कर्मचारीहरुले भिडियो इडिट गरि भिडियो हटाई लाईसेन्स दिने गरेको पाइएको छ। मोटरसाइकलको लाईसेन्स लिनको लागि १५ हजार र ठुलो चार पाङ्ग्रे सवारीहरुको २५ हजार र हेभी गाडीको लाईसेन्सको लागि ५० देखि ७५ हजार लिएर फेल भएकाहरुलाई पास गराउने गरेको स्रोतले दाबि छ।

यातायात कार्यालय वीरगंजका प्रमुख गौतमका विश्वासपात्रको रुपमा यसअघि करारमा रहेका शम्भु गुरुङ थिए, भने पैसाको कुरा नमिलेपछि शम्भुलाई हटाई सुमन भन्नेको जिम्मा दिएका छन । गौतमले आफ्नो विश्वासपात्र सुमनलाई मन्त्रालय देखि पत्रकार हुदै प्रहरी सम्म मिलाउन जिम्मा दिएका छन् ।

गौतमको विश्वासपात्र रहेका सुमनलाई नै बिचौलियाहरुले दर्ता नम्बर टिपाई प्रति लाईसेन्सको १० हजार देखि लाखौं रुपैयासम्म लिई लाईसेन्स दिलाउने गर्छन। एक कर्मचारीका अनुसार यातायात कार्यालयका प्रमुख गौतम पछि कार्यालय भित्र सुमनको आदेश चल्दै आएको बताइन्छ।

 

 

नारायणीमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन गरी ५ जिल्लाका सेवाग्राही आउँछन्। भद्रगोल व्यवस्थापनले सेवाग्राहीलाई निकै सास्ती खेप्नु परेको वीरगन्जका गोबिन्द शाहले दुखेसो पोखेका छन् । सबै काममा कर्मचारी पैसाको कुरा गर्ने उनी दावी गर्छन्।

यसरी नै आईतबार भएको लिखित परिक्षा र सोमबार भएको ट्रायलको परिक्षामा धेरै जस्तो मान्छे फेल भएपनि बिचौलियाहरु मार्फत गौतमले मोटो रकमको नजराना बुझि पास गराएको तथ्यांक प्रमाणको लागि हामीसँग सुरक्षित रहेको छ।

वीरगंजमा केही दिन पहिला यातायातका अधिकृत कमल गौतम हुदा विदेशी लाईसेन्स भएको व्यक्तिको नेपाली करण गरेको अभियोगमा विभागको कार्यबाहिमा परेका थिए । गौतमले अरु कुनै ठाऊम गएपनि पैसाको बलमा पटकपटक यातायात कार्यालय वीरगंज आउने गरेको एक यातायात कर्मचारीले बताएका छन् ।

यातायात व्यवस्था कार्यालयका प्रमुख गौतमले अख्तियारसँग आफ्नो सेटिङ्ग रहेको बताउदै धमाधम मोटो रकमको नजराना बुझि नयाँ लाईसेन्स दिदै आएपनि अख्तियार मौन बस्नु शंकाको बिषय बनेको छ। नारायणी यातायता कार्यालय पहिले पनि बदनाम छ। दृष्टिबिहीनलाई नै लाइसेन्स वितरण गरेको रेकर्ड यसअघि नै फेला परिसकेको छ। घुस लिदालीदै कर्मचारी पक्राउ पर्नु नारायणी यातायात कार्यालयमा सामान्य घटना जस्तै छन् । यातायात कार्यालयमा यस्ता गतिविधि भईरहेको हुदा समबन्धित निकाय तथा अख्तियारको ध्यान जान अति आवश्यक देखिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.