यातायात कार्यालय सानो भर्‍याङका अधिकृतसहित दुई अख्तियारको नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Feb 03 | 02:42 pm 1529

काठमाडौं, माघ २०: स्वयम्भूस्थित रहेको यातायात व्यवस्था सेवा कार्यालय सानो भर्‍याङमा कार्यरत अधिकृत शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

अख्तियारको टंगालबाट खटिएको टोलीले पौडेल र खतिवडालाई घुस लेनदेन गर्दैगर्दा पक्राउ गरेको बुझिएको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार खतिवडाले पौडेललाई सवारी कर र प्रदूषण बापतको रकम तिर्नका लागि १३ हजार घुस दिएका बताइएको छ ।

सोही क्रममा आयोगको टोलीले दुवैलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका दुवैविरुद्ध अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.