काठमाडौं, माघ १४ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा ११ र १२ को परीक्षा तालिकाको मिति सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म हुने जानकारी दिएको छ । यस्तै कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म हुने सूचना जारी गरेको छ । परीक्षाको समय बिहान ७ बजेदेखि १० बजेसम्म चल्ने तालिका समर्वजनिक गरेको छ ।
